

२ भदौ, जनकपुर —
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका छन् । शनिबार मध्यान्ह प्रदेश २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका हुन् ।
भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्ने बताएका छन्।
यसैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको दोहोर्याएका छन्। उनले हरेक प्रदेशको आ(आफ्नै विशेषता भएको बताउँदै तराई पनि उर्बरभूमी भएको उल्लेख गरे।
यसका लागि आफू सिँचाइको लागि चाँडै भन्दा चाँडै काम गरिरहेको बताए। उनले तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको दाबी गरे।
यसैगरी जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ बजार घर बनाउने योजना रहेको बताए। जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने उनको दाबी छ।
यसैगरी अबको ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए।
२०७५ भदौ २ गते प्रकाशित