Sun. Mar 9th, 2025

नेपाल यू-१५ महिला टोली भारतसँग पराजित

३१ साउन, धादिङ –

नेपालको यु-१५ महिला टोली सेमिफाइनलमा भारतसँग पराजित भएको छ। विहिवार सम्पन्न संघर्षपूर्ण खेलमा नेपालले भारतलाई २-१ ले नतिजा सुम्पेको हो।

खेलको ३० औं मिनेटमा लेण्डा कोमको गोलबाट भारतले अग्रता बनाएपनि नेपालकी रजनी थोकरले ३७ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोश्रो हाफको ७५ औं मिनेटमा क्रिटिना देवीले विजयी गोल गरेकी थिइन। २-१ ले पछाडी परेको अवस्थामा खेलमा फर्कन संघर्ष गरेको नेपालले त्यसपछि गोल गर्न नसक्दा पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेस गर्न वाट चुक्यो।

पहिलो खेलमा पाकिस्तानलाई ४–० ले पराजित गरेको नेपाल दोस्रो खेलमा बंगलादेशलाई ३–० को नतिजा सुम्पदै समूह ‘बी’बाट उपविजेतका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो।

२०७५ साउन ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: