Sun. Mar 16th, 2025

कतारमा नेपाली युवकको मृत्यु

३० साउन, काठमाडौं –

कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।

विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ ।

तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन ।नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ ।

आगामी सन् २०२२ मा कतारमा विश्वकप आयोजना हुँदैछ र त्यसको तयारी स्वरुप रंगशाला निर्माण तथा स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । सो काममा नेपाली कामदारहरुको पनि प्रयोग गरिएको छ ।

२०७५ साउन ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: