Thu. Mar 13th, 2025

सहमति कार्यान्वयन गर्न राजपाको माग

२८ साउन, काठमाडौँ –

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्यले आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

२०७५ साउन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: