Thu. Feb 27th, 2025

खेल क्षेत्रको राजनीतिकरणले देशकै नाम बदनाम

timthumb
धादिङ – खेलकुदको महत्वबारे नबुझ्दा सिंगो खेल क्षेत्र नै धरापमा परेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले बताउनु भएको छ ।

खेल क्षेत्रलाई राजनीतिकरण गर्दा अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालको बदनाम भईरहेको उहाँले बताउनु भयो । जिल्ला सदरमुकाम धादिङबेसीमा शुक्रबारदेखी सुरु भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दे उहाँले सो कुरा बताउनु भएको हो । जिल्ला खेलकुद विसका समिति धादिङका अध्यक्ष मनराज भण्डारीको अध्यक्षता र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको प्रमुख आतिथ्यमा सुरु भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमीरे, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको आतिथ्य रहेको थियो । पुछार बजारबाट ¥याली सहित खुल्लामञ्चमा पुगेर प्रतियोगिताको उद्घाटन गरीएको थियो । खेलकुदको माध्ययमबाट विद्यार्थी भित्र रहेको प्रतिभालाई उजागर गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिामा सहभागी गराउने उद्देश्य सहित विगत केहि बर्षदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुँदै आईरहेको छ । धादिङको तीन वटा निर्वाचन क्षेत्रबाट ३२ वटा माध्यमिक विद्यालयका ६ सय भन्दा बढी विद्यार्थीले सहभागीता जनाउने छन् । आज पहिलो दिन छात्र भलिवल, छात्रा १५ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सन्चालन भएको खेलकुदका बिजयी विद्यार्थीको आधारमा विद्यालयले अंक पाउने छ । चैत्र २९ गते सम्म सन्चालन हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र शिल्ड,कप, मेडल र प्रमाण पत्र पाउने छन् । यसैबीच जिल्ला खेलकुद विकास समिति धादिङले दक्षिण कोरियामा सम्पन्न भएको एसियाड प्रतियोगितामा नेपालको तर्फबाट एक मात्र पदक जिताउने विमला तामाङलाई नगद १० हजार रुपैँयाले सम्मान गरेको छ । धादिङको सेमजोङमा जन्मिएर अन्तराष्ट्रिय स्तरमा नेपालको नाम उच्चो राख्न सहयोग गरेको भन्दै खेलकुद विकास समितिले सम्मान गरेको हो ।

About The Author

अन्य समाचारहरु: