Mon. Mar 17th, 2025

भारतको जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु


२४ साउन, भारत –

भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ ।

बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए । बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको थियो ।

प्राप्त जानकारी अनुसार, अब्दुल मजिद शाह नाम गरेका एक लडाकूलाई सुरक्षाफौजले पक्रेको छ । उनीबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्री समेत बरामद गरेको थियो ।

२०७५ साउन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: