
२३ साउन, काठमाडौं
केपी ओली सरकारले विना कारण आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
पार्टी महासचिव चन्दद्वारा हस्ताक्षर गरेकाे विज्ञप्तीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगाएत तीन जनालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे उल्लेख छ।
आन्दोलनका कार्यक्रम अनुसार साउन २५ गते देशभर कोणसभाको आयोजना गरिने, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशाल जुलुस र २९ गते नेपाल बन्द गरिने उल्लेख छ।
२०७५ साउन २३ गते प्रकाशित