
२० साउन, काठमाडौं
गोलरक्षक एलिसनले लिभरपुलबाट पहिलो खेल खेल्दा नोपालीमाथि ५-० को जित निकालेको छ । ब्राजिलियन गोलरक्षक एलिसन गत महिना मात्र रोमाबाट कीर्तिमानी मूल्यमा लिभरपुल आएका थिए ।
डबलिनमा भएको खेलको पहिलो हाफमा एलिसनले लोरेन्जो इन्सिनिएको प्रहारको उत्कृष्ट बचाउ गरे । लिरभपुलका लागि जेम्स मिलनर, वाइनाल्डम, मोहम्मद सलाह, ड्यानियल स्टर्डिज र अल्बेर्टो मोरेनोले गोल गरे ।
मारिओ रईसँग ठोक्किँदा टाइको चोट लागेपछि मिलनरले दोस्रो हाफ भने खेल्न सकेनन् । लिभरपुलका व्यवस्थापक योर्गन क्लोपका अनुसार मिडफिल्डरको निधारमा १५ टाँका लगाउनु परेको छ ।
२०७५ साउन २० गते प्रकाशित