

१६ साउन, धादिङ –
नेपालले आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी० को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ ।
आज हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमात्र नभएर नेपालको लागि इतिहास पनि हो । त्यही इतिहासलाई सुखद बनाउने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । यही महत्वपूर्ण र ऐतिहासिक खेलका लागि नेपाली क्रिकेट टिमले लन्डनमा चार अभ्यास खेल र नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । यद्दपि वर्षाका कारण त्रिकोणात्मक सिरिजको अन्तिम नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्ध भएको थियो ।
१९८८ मा आईसीसीको सदस्य बनेको नेपालले १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ बाट शुरु भएको यात्रामा आठ वर्षपछि नेपालले महत्वपूर्ण फड्का मारेको हो ।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल ९उपकप्तान०, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी ।
२०७५ साउन १६ गते प्रकाशित