Wed. Mar 12th, 2025

कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

१५ साउन, धादिङ –

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने भएको छ। सरकार अधिनायकताको बाटोमा अग्रसर भएको बताउँदै कांग्रेसले धादिङ लगाएत ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ।

संघीय व्यवस्थाको भावनाविपरीत अधिकारको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छाँयामा राख्ने, सरकार र पार्टी एकैजस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति सरकारमा बढेकाले आन्दोलित हुनुपरेको कांग्रेसले जनाएको छ।

त्यस्तै तत्कालीन सरकारले ७० वर्षबाट घटाइ ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मृगौला, क्यान्सर तथा मुटु रोग जस्ता गम्भीर बिरामीहरुलाई मासिक ५ हजार भत्ता दिने निर्ण, भूकम्प पीडितलाई थप १ लाख दिने निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ ।

धादिङमा विरोध प्रदर्शनी निलकण्ठ नगरपालिकाको वडा नं. ३ पश्चिम भेग थोपल खोलाको मुखबाट पुछार बजार, बीच बजार हुदै सिरानबजार पुगरे बीच बजार आइ कोण सभा गरिने काङ्ेग्रेस धादिङका सभापति रमेश धमलाले बताएका थिए ।

२०७५ साउन १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: