Fri. Jan 31st, 2025

धादिङबासीका लागि आँखुखोलाको आठ लाख कित्ता शेयर खुल्ला

१४ साउन, धादिङ –

 

धादिडबासीका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयर खुल्ला भएको छ । साढे आठ मेगावाटको बिद्युत आयोजना निर्माण पुरा गरी बिद्युत उत्पादन गरिरहेको आँखुखोला जलबिद्युत कम्पनीले आयोजना प्रभावित धादिङबासीलाई शेयर बिक्री गर्न आब्हान पत्र प्रकाशित गरेको छ ।

कम्पनीले साउन १७ देखि छिटोमा साउन ३१ गतेसम्म स्थानीयबासीलाई साधारण शेयर बिक्री गर्ने भएको हो । यसमा सम्पूर्ण धादिड।बासीले आबेदन गर्न पाउँछन् । धादिड।बासीले ५० कित्तादेखि चार हजार कित्तासम्म स्थानीय प्रभु बैंक, मुक्तिनाथ बिकास बैंक, सिभिल बैंक र आयोजनाको कार्यालयबाट आबेदनपत्र प्राप्त गरी भर्न सक्नेछन् ।

६० करोड चुक्ता पूँजी रहेको कम्पनीले यसपछि १२ करोड रुपैयाँ बराबरको साधारण शेयर सर्बसाधारणका लागि निश्काशन गर्नेछ । ईक्रा नेपालबाट ग्रेड पाँच रेटिड। पाएको कम्पनीमा बिजुली उत्पादन गर्दा चर्को लागत परेको छ । अत्यधिक लागत परेको देखाएर पहिलेका संचालकहरुले बदमासी गरे पनि अहिले कम्पनीको अबस्थामा केही सुधार ल्याउने प्रयास भएको देखिन्छ तर यसमा लगानी गर्नेले लाभांश पाउन लामो समय कुर्नुपर्ने निश्चित छ ।

धादिड।को त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजना स्थल रहेको कम्पनीले एक अर्ब ५३ करोड रुपैयाँ प्राईमलगायतका बैंकको कर्जा तिर्नु बाँकी छ । बैंकको चर्को ब्याज र सरकारले भुक्तानी दिनुपर्ने रकम समयमै भुक्तानी नहुँदा कम्पनीको सुधारमा बाधा परेको संचालकहरु बताउँछन् । साधारण शेयर निश्काशनमा प्रभु क्यापिटलले सम्पूर्ण शेयरको प्रत्याभुति गरेको छ ।यस्तै सोही कम्पनीले २५।४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना आगामी हिउँदबाट निर्माण गरिने कँडेलको भनाइ छ । आयोजनाको कुल लागत चार अर्ब ३७ करोड रहेको छ । कम्पनीले विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ ।

२०७५ साउन १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: