Wed. Mar 12th, 2025

सरकारविरुद्ध राप्रपा प्रजातान्त्रिक पनि सडकमा

१३ साउन, काठमाडौं

राप्रपा प्रजातान्त्रिक पनि सरकारविरुद्ध सडकमा ओर्लिएको छ । प्रमुख विपक्षी कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन थाले लगतै पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक पनि संघर्षमा उत्रिएको हो ।

राप्रपाले साउन १६ गते राजधानीमा प्रदर्शन गर्दैछ । मंहगी, कर वृद्धि लगायतलाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागिएको राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहोराले बताए ।

राप्रपा प्रजातान्त्रिकले प्रदेशस्तरीय सम्मेलन पनि गरिरहेको छ । संगठन विस्तार र सरकारका गतिविधिविरुद्ध जनमत निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

२०७५ साउन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: