

१२ साउन, नुवाकोट –
जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु। पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ ।
कार्यालयले आव २०७४/७५ मा रु दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ । चार हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत रु दुई करोड ६० लाख दुई हजार ५०० राजश्व संकलन गरेको छ । प्रशासनले दु्रत सेवाका लागि चार हजार पाँच राहदानीका लागि सिफारिस समेत गरेको छ ।
एक वर्षमा झण्डै नौ हजार जनाले राहदानी बनाएका छन् । जिप्रकाले अन्य राजश्व भने संस्था दर्ता, संस्था नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवानालगायतबाट राजश्व उठाएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।
जिप्रकालले गत वर्ष आठ हजार ९८५ नागरिकता वितरण गरेको छ । यस्तै चार हजार ९७३प्रतिलिपि नागरिक पनि वितरण गरिएको छ । वैवाहिक अंगीकृत नागरिक पाँच वटा वितरण भएको छ ।
२०७५ साउन १२ गते प्रकाशित