Mon. Mar 10th, 2025

सन् २०२२ मा हुने विश्वकपमा पनि ब्राजिल फुटबलको नेतृत्व टिटेले नै सम्हाल्ने

१० साउन,  काठमाडौँ –

टीटेले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलसम्म ब्राजिल फुटबलको नेतृत्व सम्हाल्ने भएका छन् ।

ब्राजिल फुटबल कन्फेडरेशन ९सीबीएफ०ले ५७ बर्षीय प्रशिक्षक टीटेसँग ४ बर्षको सम्झौता नविकरण गरेको जनाएको छ । सन् २०१६ मा ब्राजिल फुटबलको नेतृत्वमा आएका टीटेको टीम हालै सम्पन्न भएको विश्वकपमा क्वाटर फाइनलबाट विदा भएको थियो ।

पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएको थियो । सीबीएफले ब्राजिलको फुटबलको दीर्घकालिन बिकास योजना बनाएकाले पटक पटक प्रशिक्षक फेर्नुको साटो अनुभवी प्रशिक्षक टीटेलाई जिम्मेवारी दिनु ठीक ठानिएको समाचारमा जनाइएको छ ।

२०७५ साउन १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: