Fri. Jan 31st, 2025

युवा संघ र बाइसियल धादिङद्धारा सामुहिक धान रोपाइ (फोटोसहित)


९ साउन,  धादिङ –

धादिङको जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं –६ परेवाटारमा युवाहरुले सामुहिक रुपमा गरेको धान रोपाई गरेका छन् । युवा संघ धादिङ र वाईसियल धादिङका युवाहरुले संयुक्त रुपमा धान रोपेका हुन् ।

‘तीन दिन जनश्रममा युवा अभियान’ अन्र्तगत सामुहिक धान रोपाई गरिएको युवा संघ धादिङका अध्यक्ष दिपक खतिवडाले बताए । रोपाइ कार्यक्रममा साठी जनाभन्दा बढी युवाहरुसँगै स्थानीय किसानहरु पनि सहभागी थिए । कामदारको अभाव र आकाशे पानीको भर गर्नुपर्ने बाँध्यतामा रहेका किसानहरुको खेतमा युवाहरुले सामुहिक धान रोपेका हुन् ।

युवाहरु आधुनिक रुपमा कृषि पेशामा लाग्न र नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सन्देश दिनका लागि धान रोपाइ गरिएको हो । नेपाली उखान अनुसार माना खाएर मुरी उब्जाउने यो असार/साउनको महिनामा दुख गरेर रोपेको धान मंसिरमा भित्राउने गरिन्छ । किसानहरुले लगाएको धानले वर्षदिनभरीको छाक टार्ने गरिन्छ । साउन दोस्रो साता लागि सक्दा पनि मनशुन कम परेका कारण धान रोपाइमा ढिला भएको किसानहरुको भनाई छ ।

कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष रमेश पौडेलको युवा संघ र बाइसियलसंग सम्बन्धित विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

२०७५ साउन ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: