Thu. Mar 13th, 2025

डाक्टर गोविन्द केसी अनशनरत प्रतिष्ठानमा झडप

३ साउन, जुम्ला

डाक्टर गोविन्द केसी अनशनरत प्रतिष्ठानमा पस्न खोजेका प्रहरीलाई रोक्न भेला भएका विद्यार्थीसँग झडप हुँदा दर्जनौँ घाइते भएका छन् ।

झडपका क्रममा गोली चल्दा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । छातीमा गोली लागेका उनको अहिले प्रतिष्ठानमै उपचार भइरहेको छ ।

झडपका क्रममा प्रहरीले बल प्रयोग गर्दा अस्पतालका भौतिक सामग्री क्षतिग्रस्त भएका छन् । अस्पतालभित्र झडपका क्रममा अश्रुग्याससमेत हानिएपछि विद्यार्थीहरुबीच भागाभाग भएको छ ।

झडपका क्रममा दर्जनौँ विद्यार्थी घाइते भएपछि अनशनर डा केसीले आफूले विद्यार्थीको रगत बगेको देख्न नसक्ने भन्दै काठमाडौँ जान तयार भएको बताएका छन् ।

२०७५ साउन ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: