Thu. Mar 13th, 2025

विधान मस्यौदा समिति सदस्यको नाम दिन पौडेल सहमत

२ साउन, काठमाडौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिन सहमत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुसँग बुधबार भएको बैठकमा नेता पौडेलले भोलिसम्म नाम दिने सहमति भएको हो । तर, कृष्ण सिटौला समूहको जिम्मा आफूले लिन नसक्ने उनले बताएको एक सहभागीले बताए ।

नेताहरुका अनुसार समिति ९ सदस्यीय हुनेछ । त्यसमा संयोजक बाहेक ४/४ हुने बताइएको छ ।

२०७५ साउन २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: