Mon. Mar 10th, 2025

रुस विश्वकपको फाइनल आज : फ्रान्स र क्रोएसियामध्ये कसले मार्ला बाजी ?


३१ असार, धादिङ –

रुसमा जारी विश्वकप फुटबलको अन्तिम खेल अर्थात उपाधि भिडन्तमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन्।

फाइनल खेल नेपाली समय अनुसार आइतबार राति पौने ९ बजे रुसको लुजनिकी स्टेडियममा सुरु हुनेछ। फ्रान्स यसअघि सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजितगर्दै फाइनल प्रवेश गरेको टोली हो।

क्रोएसियाभने इंगल्याण्डलाई २-१ ले पराजितगर्दै फाइनलमा पुगेको थियो । फ्रान्समा एन्टोनी ग्रिजम्यान, केलिएन एमबाप्पे, पल पोग्बा, राफेल भराने, ओलिभर जिरुड, एन्गेला कान्टे, स्यामुल उमटीटी जस्ता स्टार खेलाडीहरु समावेश छन्।

यसैगरी क्रोएसियामा विश्वका दुई स्टार मिडफिल्डर लुका मोड्रेच र इभान राकिटिक समावेश छन् । उनीहरुसँगै क्रोएसियामा भरपर्दा फरवार्ड मारियो मान्जुकिजपनि छन् । फाइनल खेल निकैनै रोमाञ्चक हुने अनुमान गरिएको छ।

यसैबीच शनिबार राति विश्वकपको तेस्रो स्थानको छिनोफानो भएको छ। बेल्जियमले इंगल्याण्डलाई २-० ले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भयो।

२०७५ असार ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: