२६ असार, धादिङ –
पत्रकार मुरारी अधिकारीले नेपाली विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।
नेपाल संस्कृत विश्व विद्यालयले पत्रकार मुरारी अधिकारीलाई नेपाली विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको हो ।
लामो समयदेखि पत्रकारितामा रहेका अधिकारीलाई आदर्श राघव महाकाव्यमा रस प्रयोग शीर्षकमा शोध गरेवापत विद्यावारिधि उपाधि प्रदान गरिएको हो । अधिकारी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गोरखापत्र दैनिकका धादिङ जिल्ला समाचारदाता हुन् ।
अधिकारी जिल्लामा नीलकण्ठ बहुमुखी क्याम्पसमा उप्राध्यापक पदमा कार्यरत समेत छन् । अधिकारीले गरेका शोधको निर्देशन वरिष्ठ प्राध्यापक डा. मोहनप्रसाद तिमल्सिनाले गरेका थिए ।
२०७५ असार २६ गते प्रकाशित