Mon. Mar 10th, 2025

विश्वकप सेमिफाइनलका खेल आजबाट सुरु, फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

२६ असार, धादिङ –

रसिया विश्वकपमा मंगलबारबाट सेमिफाईनल चरणका खेलहरु सुरु हुँदैछ । पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् ।

एकपटकको विश्वकप बिजेता फ्रान्स र ऐतिहासिक उपलब्धिको संघारमा रहेको बेल्जियमबीचको खेल, सेन्ट पिटर्सवर्ग रंगशालामा मध्यराती पौने १२ बजे सुरु हुनेछ । आजको विजेताले उपाधिका लागी भोली हुने ईङल्याण्ड र क्रोएसिया बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नकआउट चरणको पहिलो सिकार अर्जेन्टिना र त्यसपछि उरुग्वेलाई बनाएको फ्रान्स उत्कृष्ट लयको फाईदा उठाउदै दोस्रो पटक विश्वकपको उपाधि हत्याउन योजनामा छ ।

खेल रणनीति मैदानमै परिवर्तन गर्न सक्ने क्षमता राख्ने खेलाडिको बाहुल्यता रहेको फ्रान्स रसियन भूमिमा देखिदै आएको अप्रत्यासीत नतिजा प्रति भने चनाखो हुन जरुरी छ । जारी विश्वकपमा विपक्षको पोष्टमा ९ गोल गरेको फ्रान्सले ४ गोल खाएको छ । वरियताको सातौ स्थानमा रहेको फ्रान्स सन् १९९८ को विश्वकप विजेता हो । रसियन भुमिमा समूह चरणका तीन र नकआउट चरणका दुबै खेलमा सहज जित हात पार्दै सेमिफाइनलमा पुगेको बेल्जियम उपाधिमा आफ्नो नाम लेखाउन उद्दत छ ।

फिफा वरियातामा कुनै समय शीर्ष स्थान समेत ओगटेको बेल्जियम १९८६ मा सेमिफाइनल पुग्नु बाहेक उपाधि यात्रामा अघि बढ्न सकेको छैन । रसिया मैदानमा गर्विलो प्रभाव छाड्न सफल रोमेलु लुकाकु, ईडेन हाजार्ड र केभिन डी ब्रुयेनको संगठित आक्रमण जुनसुकै विपक्षीका लागि टाउको दुखाई बन्ने निश्चित छ । विपक्षीमाथि १४ गोल गर्दा ५ गोल मात्र खाएको बेल्जियम भिसेन्ट कोम्पनीको प्रेरणामा ऐतिहासिक उपलब्धिको संघारमा छ ।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियम, वरियताको साखसंगै विश्व फुटबलमा आफ्नो स्थान स्पष्ट पार्न रसियन भूमिमा संर्घष गर्नेछ । फ्रान्स र बेल्जियमबीच विभिन्न प्रतियोगीतामा ७३ भेट भईसकेको छ । जसमा ३० खेल बेल्जियमले जित्दा २४ खेल फ्रान्सको पक्षमा गएको छ । बाँकी १९ खेल बराबरीमा सकएको छ ।

२०७५ असार २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: