२३ असार,धादिङ –
धादिङ जिल्लामा भएका सम्पुर्ण स्रोतर साधनको सहि सदुपयोग यहाका स्थानियहरुले गर्न पाउनुपर्ने प्रदेश नम्वर ३ का प्रयटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वताएका छन् ।
घरेलु तथा साना उधोग विकास समिती साखा कार्यलय धादिङले आयोजना गरेको धादिङ जिल्लामा रत्न पत्थरको उत्खनन् सीप प्रवर्धन व्यवसायको सम्भावना र चुनौती विषयक कार्यक्रममा सो कुरा वताएका हुन् ।
धादिङमा जति पनि स्रोत साधनहरु छन् यसको अध्ययन गरी यसको विकासकोे निम्ती लाग्नुपर्ने वताएका हुन् । धादिङ जिल्लाको रुविभ्याली गाउपालिका तथा गंगाजमुना गाउपालिका भित्र देखीएको पत्थरको सहि अध्ययन गरी त्यसको सहि सदुपयोग र वजारीकरण गर्नुपर्ने वताएका छन् ।
प्रदेश नं–३का विभिन्न जिल्लामा पाईने बहुमुल्य ढुङ्गा र पथ्थरहरुको खोज अनुसन्धानका साथै त्यसको उत्खनन्का लागी विषेस कार्यक्रम लागु गरेको पनि उनले वताए ।
नेपालका विभिन्न जिल्लाहरुमा पाईने ढुङ्गा र पथ्थरहरु अत्यान्त बहुमुल्य भएको बताउदै धादिङ जिल्लामा पाईने रुवी ढुङ्गाको ब्यबसायिक र कानुनी रुपमा नै बजारको ब्यवस्था गर्नु पर्ने माग कार्यक्रममा सहभागीहरुले वताएका छन् ।
ढुङ्गाहरुको धार्मीक र आध्यात्मीक महत्व समेत रहेको कार्यक्रमकमा वक्ताहरुको भनाई थियो ।प्रदेश नं–३ मा विभिन्न सम्भावनाहरु धेरै भएको बताउदै यसको अध्यान अनुसन्धानका लागी प्रदेशमा बजेट समेत छुट्याई सकेको प्रदेश नं–३को उद्योग पर्यटन वन तथा वताबरण मन्त्रि अरुण मन्त्रि नेपालले जानकारी दिए ।
धादिङमा भने घरेलु तथा साना उद्योग विकास समितीले रत्न पथ्थर बस्तु विकास केन्द्र स्थापना गरी गरगहनामा राख्ने पथ्थर कसरी बनाउने भन्ने सिप मुलक तालीम समेत सुरु गरेको छ । रत्न पथ्थरको खोज अनुसन्धान गरी त्यसको ब्यवसायी रुपमा प्रसोधन गर्न सकेको खण्डमा राम्रो आर्थिक उपार्जनमा सहयोग पुग्ने र मुलुकको राजश्वमा समेत बृद्धि हुने सरोकारवालाहरुको बताएका छन् ।
२०७५ असार २३ गते प्रकाशित