Mon. Mar 10th, 2025

उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

२२ असार, धादिङ –

पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो।फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

फ्रान्सले पहिलो हाफको ४१औं मिनेटमा सुरुवाती अग्रता बनायो। एन्टोनियो ग्रिजम्यानको फ्रिकिकमा राफेल भारानेले गोल गरेका थिए। पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६१औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई मजबुद अवस्थामा पुर्‍याए।

२०७५ असार २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: