
२२ असार, काठमाडौं –
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बसेको दोस्रो पटकको संसद बैठक पनि अवरुद्ध गरेको छ । काँग्रेसले लगातार दोस्रो पटक बैठक अवरुद्ध भएको हो ।
काँग्रेसका साँसदहरुले उठेरै निरन्तर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महाराले संसद बैठक असार २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
उनीहरुले संसदमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव शुक्रबारकै बैठकको कार्यसूचीमा राख्नुपर्ने माग गरेका छन् ।
शुक्रबारको पहिलो बैठक पनि कांग्रेस सांसदहरुले डा. केसीको जीवन रक्षा गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गर्दै अवरुद्ध गरेका थिए । त्यतिबेला सभामुख महराले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।
२०७५ असार २२ गते प्रकाशित