२१ असार, धादिङ ।
जिल्ला युवा समिति धादिङको आयोजनामा धादिङवेशीमा जिल्ला स्तरीय खुल्ला बक्तृत्वकला आयोजना गरिएको छ ।
समृद्ध नेपाल, सुखी नेपाली विषयक बक्तृत्वकला प्रतियोगीतामा जिल्ला विभिन्न विद्यालयमा अध्यनरत विद्याथीहरु सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुमध्ये नीलकण्ठ माद्यमिक विद्यालयमा अध्यनरत सुजना खतिवडा प्रथम, नीलकण्ठ क्याम्पसमा अध्यनरत विनोद रिजाल दितिय र चन्द्रोदय क्याम्पस विशालटारमा अध्ययनरत मित्र शाक्यले तृृतिय स्थान हाँसिल गरेका थिए ।
विजयी प्रतियोगीहरुलाइ जिल्ला युवा समितिका अध्यक्ष हरी थापा र धादिङ प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगीताको निर्णायक मण्डलमा नीलकण्ठ क्याम्पसका उपप्राध्यापक डा. नविनबन्धु पहाडी, श्रोतब्यक्ति ओम पाठक र अखिल क्रान्तिकारी धादिङका अध्यक्ष एवं युवा उद्ममी माधव छत्कुली रहेका थिए ।
२०७५ असार २१ गते प्रकाशित