Wed. Nov 27th, 2024

विद्यार्थी भर्ना अभियान अन्र्तगत दोस्रो चरणको कार्ययोजनाको छलफल

१९ असार, धादिङ –

विद्यार्थी भर्ना अभियानको दोस्रो चरणको कार्ययोजना कार्यान्वयका लागि सरोकारवालाहरुबीच सहजीकरण बैठक आयोजना गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको बैठकमा नेपाल सरकारको आर्थिक वर्षको २०७५/०७६ को नीति तथा कार्याक्रम ( शिक्षामा सबैको पहुँच र विद्यार्थी भर्ना बारे), बजेटमा उल्लेख भएका व्यवस्थाका बारेमा छलफल गरिएको थियो ।

विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भित्रायने, टिकाउने, र सिकाई उपलब्धी बढाउनका लागि विभिन्न अभियानका कार्यक्रमको आयोजना गर्नुपर्ने सरोकारबालाहरुले बताएका थिए । धादिङ जिल्लामा आधारभूत तहमा २ हजार ६ सय ३१ विद्यार्थी विद्यालय बाहिर रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई धादिङले जानकारी दिएको छ ।

२०७५ असार १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: