

१८ असार, धादिङ –
मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।
२०७५ असार १८ गते प्रकाशित