Mon. Mar 10th, 2025

स्पेन विश्वकपबाट बाहिरियो, पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा


१७ असार, धादिङ –

 

सन् २०१० को विश्वकप विजेता स्पेन रुस विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ ।

९० मिनेट र थपिएको ३० मिनेटमा रुससँग १–१ बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पेनले पेनाल्टी मिस गर्दा रुस ४–३ ले विजयी भएको हो ।

निर्धारित ९० मिनेटमा दुबै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

२०७५ असार १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: