

१७ असार, धादिङ –
विश्व कपको दोस्रो प्रि-क्वार्टर फाइनल अन्तर्गत शनिवार फिस्ट स्टेडियममा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । यस जीतका साथ उरुग्वेले ८ वर्षपछि क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ ।
क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीमबीच यो तेस्रो अन्तरराष्टिय भेट थियो । जसमा उरुग्वेले पहिलो जित निकाल्यो । यसअघि पोर्चुगलले १ जित र १ बराबरी खेलेको थियो।
यस खेलमा रुग्वेका लागि एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गर्यो । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्याएका छन्। अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे ।
३० जुनमा भएको नकआउट स्टेजको भिडन्तमा १/० गोल भएको छ । विश्व कपमा १९७० पछि पहिलो पटक यति धेरै गोल भएको हो । उरूग्वेले पनि खेलेको खेलबाट गोलसंख्या यति धेरै पुगेको हो ।
१९ जुन १९७० मा भएको दुर्इ सेमिफाइनल भिडन्तमा १/१ गोल भएको थियो । यो खेल उरुग्वे र ब्राजिल, इटाली र तत्कालीन पश्चिम जर्मनीकोबीच भएको थियो । ब्राजिलले उरुग्वेलार्इ ३-१ र इटालीले तत्कालीन पश्चिम जर्मनीलार्इ ४-३ ले हराएको थियो।
२०७५ असार १७ गते प्रकाशित