Mon. Mar 10th, 2025

विश्वकप फुटबलको नकआउट चरण आजबाटः अर्जेन्टिना र फ्रान्समा कसले जित्छ ?


१६ असार, धादिङ –

विश्वकप फुटबलमा आजदेखि नेकआउट चरणको खेल शुरु हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ ।

अर्जेन्टिना समूह डीको उपविजेता हो भने फ्रान्स समूह सीको विजेताका रुपमा अन्तिम १६ मा आएको हो ।

उरुग्वे र पोर्चुगलबीचको खेल पनि आजै हुने कार्यतालिका छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।

विश्वकपको समूह चरणमा ३२ देशबीच भएको प्रतिष्पर्धाबाट १६ देश छानिएका छन् ।

२०७५ असार १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: