Fri. Jan 31st, 2025

धादिङमा यसरी मनाईयो धान दिवस (फोटो र भिडीयो सहित)

१५ असार, धादिङ –

मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।
धादिङमा पनि धान रोपाई गरेर धान दिवस मनाईएको छ । जिल्ला कृषि विकास कार्यलय धादिङले आयोजना गरेको रोपाई कार्यक्रममा जिल्लाका सम्पुर्ण कार्यलयका कार्यलय प्रमुखहरु उपस्तिथी भएका थिए ।

१५ असार आजैका दिन दहि चिउरा खाने चलन रहेको छ । धादिङमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।


निर्धारित समयभन्दा पहिला मौसम सक्रिय हुदा त्यसको प्रभाव रोपाईमा पनि परेको छ । समयमा मौसम सक्रिय भएकोले असार लागेसंगै धादिङमा पनि रोपाई सुरु भएको छ ।

धादिङमा असार १५ भित्र 5 प्रतिशत भुभागमा रोपाई सम्पन्न भएको छ । रोपाईले अहिले तिव्रता पाएको छ । कृषि कार्यलय धादिङका अधिकृत केशव प्रसाद देवकोटाले यो वर्षको असारमा उल्लेखनिय रुपमा रोपाई भएको बताए ।
धादिङमा कुल १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ भने चैते धान ५हजार हेक्टर क्षेत्रफलमा ३० प्रतिशत रोपाई हुने गरेको अधिकृत देवकोटाले वताए ।

कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान १५ प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ ।
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।


धादिङको वृत्तावेशीमा भएको धान रोपाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे ,प्रहरी उपरिक्षक डम्वर विक जिल्ला समन्वय समितीका प्रमुख जगन्नाथ नेपाल, साहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी लगाएत विभिन्न कार्यलयका कार्यलय प्रमुख किसानहरुको उपस्थिती रहेको थियो ।

२०७५ असार १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: