Wed. Nov 27th, 2024

धादिङमा हिंसापीडित महिलालाई सुरक्षित आवास


१३ असार, धादिङ —

 

हिंसा पीडित महिलाहरुका लागि जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा सुरक्षित आवास निर्माण गरिएको छ । भवनको एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण तथा उद्घाटन गरिएको छ ।
एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा एक करोड ९४ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

उक्त सुरक्षित आवासमा परिवारमा तत्कालै पुर्नस्थापना गर्न नसिकने र थप सुरक्षा दिनुपर्ने महिलाहरुलाई आश्रय दिईने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।

उक्त आवासगृहमा हिंसा पीडित महिलाहरुका लागि सुत्ने कोठा, भान्सा कोठा शौचालय लगायतका सुविधाहरु छन् । उक्त आवास गृहमा सोधपुछ कक्ष, कुरुवा कक्ष, बैठक कक्ष लगायतका १० वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् ।

२०७५ असार १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: