

१३ असार, रसिया –
साबिक उपविजेता अर्जेन्टिना र क्रोशिया रसियामा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । आज ९बुधबार० विहान सम्पन्न खेलमा नाइजेरियालाइ २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा लियोनल मेसि र रोजोले गोल गरे । नाइजेरियाले दोस्रो हाफमा पेनाल्टी मार्फत गोल गरेको थियो ।
खेलमा अर्जेन्टिनाले मेसिको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा मेसिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थियो । खेलमा थप गोल हुन नसकेपछि पहिलो हाफ १–० गोलमै सकियो । दोश्रो हाफमा कडा रुपम उत्रिएको नाइजेरियाले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए ।
खेल बराबरीमा धकेलिएपछी दबाबमा परेको अर्जेन्टिनाले खेल सकिनै लाग्दा ८७ औं मिनेटमा रोजोको गोल मार्फत अग्रता बनाउदै जित सुनिस्चित गर्यो । आजको खेल बराबरीमै सकिएको भए नाइजेरिया दोस्रो चरणमा पुग्ने थियो । जसका कारण अर्जेन्टिनाले आज जित निकाल्नै पर्ने दवाबमा थियोे ।
अर्जेन्टिनासंगै क्रोशिया पनि नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा आइसल्यान्डलाइ २(१ गोल अन्तले पराजित गरेसंगै ९ अन्कको साथ क्रोशिया समूह डि को विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको हो । अर्जेन्टिना भने ४ अन्कको साथ उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
यस्तै नाइजेरिया ३ अन्क र आइसल्यान्ड १ अन्क बनाउदै प्रतियोगिताबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा क्रोशियाले आइसल्यान्डलाइ २(१ गोल अन्तरले पराजित गरेको छ । आफ्ना मुख्य खेलाडीहरुलाइ आराम दिएको क्रोशियाले ५३ औं मिनेटमा गोल गर्सै सुरुवाती अग्रता लिएको थियो । तर दोश्रो हाफमा गोल गर्दै आइसल्यान्डले खेल बराबरीमा पुर्यायो । खेल सकिनै लाग्दा ९० औं मिनेटमा गोल गर्दै क्रोशियाले २–१ को जित निकाल्यो । अन्तिम १६ मा पुग्न आइसल्यान्डले आज जित्नै पर्ने दवाबमा थियो ।
२०७५ असार १३ गते प्रकाशित