

१० असार, धादिङ –
धुनीबेसी नगरपालिकाले आगामी आर्थिक वर्ष .२०७५/७६ का नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न रु.५४ करोड ४९ लाख ०१ हजार विनियोजन गरको छ ।
कुल विनियोजन मध्ये चालु खर्च तर्फ २५ करोड ६६ लाख १३ हजार अर्थात कुल विनियोजनको ४७.०९ प्रतिशत र पूँजीगत तर्फ २८ करोड ८२ लाख ८८ हजार अर्थात कुल विनियोजनको ५२.९१ प्रतिशत विनियोजन गरिएको छ ।
अगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारवाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु.१६ करोड १५ लाख, सशर्त अनुदानरु. १७ करोड ६९ लाख, राजश्व बाँडफाँडबाट रु.६ करोड ६१ लाख ६७ हजार एवं प्रदेश सरकारवाट प्राप्त हुने समानिकरण अनुदान ८० लाख ९२ हजार, सशर्त अनुदान रु. १ करोड ८५ लाख ७० हजार, प्रदेश कानून अनुसार नगरपालिकाले संकलन गरी नगरलाई प्राप्त हुने राजश्व बाँडफांड रु.३ करोड २० लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने रु.२५ लाख, नगरपालिकाको आन्तरीक राजश्व ५ करोड ७७ लाख ११ हजार र चालु आ.ब. २०७४÷७५ को विनियोजनबाट बचत हुने अनुमानित रकम रु २करोड १४लाख ६१ हजार बाट व्यहोरिने अनुमान छ ।
नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । समग्र कृषि क्षेत्रमा रु.२ करोड ५० लाख बजेट विनियोजन गरेको छ । . कृषि क्षेत्रमा व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउने, सडक पूर्वाधारहरुको विकास गर्ने, खानेपानी तथा सरसफाईको बिस्तार गर्ने, शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरुको गुणस्तरमा सुधार गर्ने लक्ष्य राखिएको छ ।
२०७५ असार १० गते प्रकाशित