Wed. Nov 27th, 2024

थाक्रे गाउँपालिकाको बजेट ४० करोड


१० असार,  धादिङ –

धादिङको थाक्रे गाउँपालिकाले आगामी आ.व ०७५/०७६ को लागि ४० करोड बजेट प्रस्तुत गरिएको छ ।

आइतबार उपाध्यक्ष अम्बिका रुपाखेतीले ११ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु. ३ करोड ८४ लाख ७० हजार, पुजिंगत खर्च तर्फ रु १९ करोड ४ लाख १४ हजार र जनसहभागिता रु. १ करोड ९६ लाख ६ हजार ८ सय गरी कुल पुजिँगत खर्च रु. २१ करोड २० हजार ८ सय सर्सत तर्फ १५ करोड ८९ लाख रुपैया सहितको कुल वजेट रु.४० करोड ७३ लाख ९० हजार ८ सय हुने अनुमानित व्यय विवरण पेश गरेकी हुन् ।

जस अनुसार क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ रु. १ करोड २२ लाख ५० हजार सामाजिक विकास तर्फ रु. ५ करोड २३ लाख ३० हजार पूर्वाधार विकास तर्फ १० करोड १० लाख ६९ हजार वातावरण तथा विपद ्व्यवस्थापन तर्फ ७१ लाख संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ रु. १ करोड ७६ लाख ६५ हजार र जनसहभागिता तर्फ रु.१ करोड ९६ लाख ६ हजार ८ सय गरी क्षेत्रगत विनियोजन गरको छ ।

त्यसैगरी गैरसरकारी संस्थाहरुवाट आगामी आ.व को चालु तर्फ रु. ६१ लाख र पुजिँगत तर्फ रु. ४ करोड ५० लाख ४६ हजार ४ सय ४० रुपैयाको वजेट परिचालन हुने पालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले कृषि, शिक्षा, खेलकुद, सूचना प्रविधि लगायतका क्षेत्रमा बजेट छुट्टाइएको छ ।

२०७५ असार १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: