Mon. Mar 10th, 2025

स्वीडेनमाथि जर्मनीको २–१ को रोमाञ्चक जीत

१० असार, धादिङ –

जर्मनीले खेलको अतिरिक्त समयमा गोल गर्दै स्वीडेनलाई २-१ ले पराजीत गरेको छ। जीतसँगै समूहचरणबाटै बाहिरिने खतरामा पुगेको जर्मनीले जारी विश्नकपमा नकआउट चरणमा पुग्ने आशालाई जीवित राखेको छ। खेलको अतिरिक्त समयको ५ औं मिनेटमा गोल गर्दे जर्मनीले खेलमा जीत हासिल गरेको हो।

जर्मनीका लागि विजेता गोल करोसले गरेका थिए। समूहको अन्तिम खेल जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ। स्विडेनलाई पराजीत गरेसँगै उसले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। दक्षिण कोरियालाई हराएमा उसको दोश्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ।

आज आइतबार सम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो हाफको समाप्तीमा स्वीडेनसँग एक गोलले पछि परेको थियो।

जर्मनीले खेलको ३२ औं मिनेटमा गोल खान पुगेको थियो। जर्मनीको पोस्टमा स्वीडेनका २० नम्बरका खेलाडी ओला टोइभोनेनले गोल गरेका थिए।

पहिलो हाफमा गोल खाएर दबाबमा परेको जर्मनीले दोश्रो हाफको सुरूवातमा गोल फर्कायो र विश्वकपमा निरन्तर हुने संकेत देखायो।
जर्मनीका लागि मार्को रेउसले खेलको ४८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

बराबरी गोल गरेपछि दोश्रो हाफमा जर्मनीले स्वीडेनको गोलपोस्टमा एकपछि अर्को गर्दै आक्रमण गरिरहेको थियो तर सफल हुन सकिरहेको थिएन।

यस्तैमा २ वटा पहेंलो कार्ड खाएपछि जर्मनीका बएटिङ खेल मैदान बाहिर पुगे र जर्मनी १० जना खेलाडीमा सिमित भयो। १० जनामा सिमित भए पनि जर्मनीको आक्रमण स्वीडेनको पोस्टमा रोकिएन। यसक्रममा उसले केहि राम्रा मौकाहरू गुमायो। स्वीडेनका गोलरक्षकले जर्मनीका केहि उत्कृष्ट प्रहारहरूलाई विफल तुल्याइदिएका थिए।

२०७५ असार १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: