Mon. Mar 10th, 2025

इन्जुरी टाइमको गोलले ब्राजिल विजयी, कोस्टारिका २–० ले पराजित


८ असार,  धादिङ –

विश्वकप दाबेदार मानिएको ब्राजिलले कोस्टारिकालाई खेलको अतिरिक्त समयमा २–० ले जित हासिल गरेको छ ।

खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई २–० को जित पक्का गराए ।

पहिलो हाफ र दोस्रो हाफ बराबरीमा सकिएको अवस्थामा काउटिन्होले थपिएको ६ मिनेट अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए । त्यसपछि नेमारले गोल गरे। यो जितसँगै ब्राजिल समूह ई बाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । यो जितले ब्राजिललाई दोस्रो चरणमा पुग्ने सम्भावना मजबुत भएको छ ।

२०७५ असार ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: