Wed. Mar 12th, 2025

कोमल ओलीको कार्यकाल चार वर्ष

४ असार, काठमाडौं

राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो ।

प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् । चर्चित गायीका तथा सामाचार बाचिका ओली रेडियो नेपालको सरकारी जागिर छाडेर तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रदेश ५ बाटै राष्ट्रियसभामा निर्वाचित अनिता देवकोटा भने भाग्यमानीमा दरिएकी छन् । कांग्रेसबाट विजयी देवकोटाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी दाङकी हुन् ।

२०७५ असार ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: