धादिङ – धादिङ जिल्ला भित्र पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा यात्रुहरुलाई लक्षित गरी सञ्चालन गरिएका होटल किल्न अभियान सञ्चालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको नेतृत्वमा विहीवारबाट शुरु गरिएका राजमार्ग होटल किल्न अभियानमा २१ वटा होटल अनुगमन गरिएको छ । खाद्य अधिकारका क्षेत्रमा कार्यरत खाद्य अधिकार जिल्ला सञ्जाल धादिङ, फियान नेपाल र जिल्ला प्रशासन कार्यालय धादिङले २०६८ साल साउनबाट राजमार्गमा सञ्चालित होटल तथा रेष्टुरेष्टको नियमित अनुगमन गर्ने क्रममा होटलहरु व्यवस्थापकीय पक्षमा क्रमिक सुधार भईरहेकोे भएपनि भान्छा कोठाको सरसफाई कमी, मूल्य सुचि नभएको, भएकोमा पनि अस्पष्ट रहेको र केही होटलहरुमा बाल मजदुर प्रयोग भएको पाईएको छ । ल्किन अभियानका क्रममा यसको व्यवस्थापन तथा सुधार गरिने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयको अगवाईमा फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जालले संयुक्त अनुगमनमा यूनिक त्रिशुली रिभर भ्यू होटल गजुरी चाम्वास, होटल छहरा एण्ड रेवटुरेष्ट गजुरी हछरा, मेरागाँउ रिर्सोट पीडा घाटवेशी र फूलवारी होटल एण्ड लज गल्छी, गल्छी वगर रिर्सोट र लक्ष्मी होटल एण्ड लजमा भान्छा कोठा सरसफाई गर्न सुझाव दिएको छ । भल्टार स्थित होटल राजधानीलाई पनि भान्छा कोठा सरसफाई गरी ७ दिन भित्र प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र थमाएको छ ।
यसैगरी होटल कान्तिपुर खयरघारी, होटल नमस्ते नेपाल ढाँडे, हिराचन होटल र शुभकामना होटललाई पनि सरसफाईमा ध्यान दिन र यात्रु मैत्री घरायसी वारावरण दिन भनिएको छ । भेरी होटललाई ७ दिन भित्र भान्छा सरसफाई गरि प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालय हाजिर हुन पत्र थमाएको छ । धार्के स्थित रिया होटल, पाथी भरा, चालिसे होटल, के. वि होटल, र होटल आँधीखोलालाई पनि पत्र थमाएको छ ।
अनुगन गरिएका सवै होटलले व्यवस्थापकीय पक्षलाई ध्यान दिर्दै आएका छन् तर यतिमै सिमित हुन नहुने भएकाले अझ व्यवस्थित बनाई यात्रु मैत्री वातावरण, मूल्य, सरसफाई युक्त बनाउन नियमित र प्रभावकारी अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले बताउनुभयो ।