Tue. Feb 25th, 2025

कांडेभ्याकुर संरक्षण गर्दै धादिङको सिद्धलेक गाउँपालिका

२ असार, धादिङ

नेपालमा मात्र पाइने चरा कांडेभ्याकुर संरक्षणमा सिद्धलेक गाउँपालिका वडा नं २ का बासिन्दाहरु सक्रिय भएका छन् ।

नेपालमा पनि कमै क्षेत्रमा मात्र पाईने चरा कांडेभ्याकुर सिद्धलेक गाउँपालिका वडा नं २ को ढेवा जंगलमा पाईन्छ । जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्दनमा सहयोग गर्न कांडेभ्याकुर संरक्षण गर्न जरुरी भएको गाउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताएका छन् ।

साविक नलाङको ठाँटी भञ्ज्याङमा शुक्रवार आयोजित अभिमुखिकरण कार्यक्रममा अध्यक्ष सिलवालले सिद्धलेक क्षेत्रलाई काँडेभ्याकुरको अध्ययन क्षेत्र बनाउने घोषणा पनि गरे । त्यसैगरि जिल्ला समन्वय समितिका सदस्य कृष्णप्रसाद अर्यालले काडेभ्याकुरसंगै अन्य विविधताले सिद्धलेक भरिपुर्ण छ भन्दै जैविक विविधता संरक्षण गर्न सबैसंग आग्रह गरे ।

कार्यक्रममा २ नं वडाका वडा अध्यक्ष कमल बहादुर गुरुङले सिद्धलेकलाई कांडेभ्याकुरले चिनाउने भन्दै यसको संरक्षणमा लाग्न वडाबासीसंग आग्रह गरे । अभिमुखिकरण कार्यक्रममा वन तथा वातावरण विज्ञ शिव अधिकारीले काडेभ्याकुरको बारेमा जानकारी गराएका थिए । । त्यसैगरी पत्रकारहरु राजाराम शर्मा र शिव सिलवालले यसको प्रचारप्रसारमा सहयोग गर्ने बताए ।
कांडेभ्याकुर संरक्षण र प्रचार प्रसारका लागि सिद्धलेक गाउपालिकाले चालू आ.व. २०७४र०७५ मा बजेट समेत विनियोजन गरेको छ ।

२०७५ असार २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: