Fri. Mar 7th, 2025

प्रदेश ३ मा ३५ अर्ब ६१ करोडको बजेट

२ असार, हेटौडा

प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले शुक्रबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ १३ अर्ब ८४ करोड २५ लाख ९१ हजार र पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश ५ ले चालुतर्फ ३८.९२ र पूँजीगततर्फ ६१.०८ प्रतिशत बजेट विनियोजन गरेको हो ।

बजेटको स्रोतमध्ये आन्तरिक राजश्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानिकरण अनुदानबाट ५ अर्ब ९६ करोड ९७ लाख, राजश्व बाँडफाँडबाट ८ अर्व ९९ करोड ६६ लाख २७ हजार रुपैंया जुटाउने लक्ष्य प्रदेश सरकारले राखेको छ । त्यस्तै शसर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड गरी ३५ अर्ब ६१ करोड ५६ लाख बजेट आगामी आर्थिक बर्षको स्रोतमा उल्लेख गरिएको छ ।
प्रदेश ३ ले प्रति जिल्ला एक स्थानिय तहका हिसाबले बिशेष अनुदानको रुपमा ६५ करोड रकम छुट्याएको छ । छनोट भएका स्थानिय तहलाई बिशेष कामका लागी पाँच करोडका दरले रकम विनियोजन गरिएको छ ।

प्रदेश ३ को सरकारले सुशासन,संस्थागत संरचना र शान्ति सुरक्षाका क्षेत्रमा बजेट बिनियोजन गरेको छ । कृषि र पर्यटनको विकासमा बजेट मार्फत बिशेष जोड दिइएको छ । “एक जिल्ला एक चिस्यान केन्द्र”मार्फत १३ वटै जिल्लामा चिस्यान केन्द्र निर्माण,तरकारीको पकेट क्षेत्रमा ग्राभिटी रोपवे स्थापना, प्रत्यक जिल्लामा विषादी अवशेष प्रयोगशाला र आगामी आर्थिक बर्षभित्र दुग्ध विकास बोर्ड स्थापना गर्ने जनाइएको छ । नीजि तथा सहकारीसंगको समन्वयमा पशु बधशाला,दाना उद्योग एवंम पाउडर प्लान्ट स्थापना गर्न बजेट बिनियोजन गरिएको छ ।

२०७५ असार २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: