Mon. Mar 10th, 2025

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

२ असार, काठमाडौं

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोकेको छ। रुसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा शुक्रबार राती सम्पन्न खेलमा पोर्चुगलका रोनाल्डोले खेलको ४, ४४ र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

यता स्पेनका लागि डियागो कोस्टाले खेलको २४ र ५५ तथा ५८ औं मिनेटमा नाचोले गोल गरेका थिए। खेलको चौंथो मिनेटमा स्पेनका खेलाडीले पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई डि बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोलेनै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर २४ औं मिनेटमा स्पेनका डियागो कोस्टाले पोर्चुगलका २ डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेपछि खेल बराबरीमा आएको थियो।

४४ औं मिनेटमा पुन रोनाल्डोले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए। पहिलो हाफमा अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा भने २ गोल खान पुग्यो। स्पेनका कोस्टाले ५५ औं मिनेटमा क्रस मार्फद आएको बललाई सटिक तरिकाले पोष्टको दिशा दिएपछि खेल बराबरीमा आएको थियो।

कोस्टाले गोल गरेकाे २ मिनेटपछि नाचोले डि बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि स्पेनले अग्रता लिएको थियो। तर निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छदा पोर्चुगलका रोनाल्डोले फ्रिकिक मार्फद सानदार गोल गरेपछि स्पेनलाई बराबरीमा रोक्न सफल भयो। खेलअवधिभर दुवै टोलीले पाएका सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल ३–३ को बराबरीमा सकिएको हो।

बराबरीपछि दुवै टोलीले एक–एक अंक बाडेका छन्। आजको खेलमा ह्याट्रिक गर्ने रोनाल्डो यो विश्वकपको पहिलो खेलाडी बनेका छन्। स्पेनभन्दा तुलनात्मक रुपमा कमजोर मानिएको पोर्चुगलले स्पेनलाई कडा चुनौती दिएको छ।

२०७५ असार २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: