
१ असार, धादिङ
फुटवलको महाकुम्भ मेला विश्वकप सुरु भइसकेको छ । विश्वकपको रौनकले साना साना बालबालिकादेखी बृद्धबृद्धासम्मलाइ छोएको छ । विश्वकप सुरु भइसक्दा विभिन्न देशका समर्थकहरुको रोचक रोचक कुराहरु बाहिर आइरहेका छन ।
३२ देश सहभागी भएको विश्वकपमा नेपाली फुटवलप्रेमीहरु पनि विभिन्न देशका समर्थनमा जर्सी लगाएर हिडिरहेका छन । यसै क्रममा ब्राजिल फ्यान ग्रुप धादिङले आमाको माया छात्रावासका अनाथ बालबालिकाहरुको लागि स्टेशनरी सामाग्री सहयोग गरेको छ ।
विश्वकप फुटवलमा ब्राजिलको समर्थन गर्ने फ्यानहरुले विश्वकप सुरु भएको दिन पारेर ५ हजार ९ सय रुपैया बरावरको कापी, कलम, पेन्सिल, लगायतका स्टेशनरी सामाग्री छात्रावासमै पुगेर हस्तानतरण गरेका हुन ।
एक महिनाभर विश्वकप चल्ने र समर्थकहरुले पनि एक महिनालाइ बालबालिकाहरुलाइ पुग्ने स्टेशनरी सामाग्री वितरण गरेको ब्राजिल समर्थकहरुले बताएका छन । विश्वकमको रोमान्चक खेलमा मानवियता मिसाएर थप मनोरन्जनात्मक बनाउनको लागि नीलकण्ठ नगरपालिकाको सिरानजार पारीपटि रहेको आमाको माया छात्रावासमा स्टेशनरी सहयोग गरिएको ब्राजिल फ्यान ग्रुप धादिङले जानकारी दिएको छ । छात्रावासमा हाल १७ जना बालबालिकाहरु बसिरहेका छन् ।
२०७५ असार १ गते प्रकाशित