Sun. Mar 16th, 2025

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

२९ जेठ, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्तामा करिब एक घण्टा चल्ने बताइएको छ । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको छ ।

वार्तामा बस्नुअघि दुवै नेता एकदमै उत्साहित देखिएका थिए। ट्रम्पले  वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन्।बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हो।

वार्ताबाट बाहिरिँदा उत्साहित देखिएका अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको छलफल निकै सकरात्मक भएकाे प्रतिक्रिया दिए।उनीहरूबीच करिब ५० मिनेट भेटवार्ता भएकाे समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।वार्तामा अमेरिकी विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन सहभागी थिए।

दुई नेताबीच भएको ४५ मिनेट लामो गेप्य भेटवार्तामा सम्बन्ध सुमधुर बनाउने प्रयास हुनुका साथै विश्व शान्तिका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनीहरूबीचकाे भेटवार्तामा सम्बन्ध सुमधुर बनाउने प्रयास गरिने साथै विश्व शान्तिका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

२०७५ जेठ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: