२८ जेठ, काठमाडौं
विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर चालु आर्थिक वर्षको १०औं महिनामा आएपछि बढेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ७ प्रतिशतले वृद्धि भएको छ ।
१० महिनासम्म विदेशबाट ६ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्ष यो समयसम्म रेमिट्यान्स आप्रवाह ५.२ प्रतिशतले मात्रै बढेको थियो ।
वैशाखसम्म विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १.८ प्रतिशतले वृद्धि भएको छ । खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले गरिावट आएको छ ।
समीक्षा अवधिसम्म खुद ट्रान्सफर ६९२ अर्ब २३ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो । यो वर्ष विदेशबाट नेपालीले आर्जन गरेर पठाउने रकमको वृद्धि अनुपात लगातार ओरालो लागिरहेको थियो ।
२०७५ जेठ २८ गते प्रकाशित