मनिष दुवाडी / जेठ २७ धादिङ –
नीलकण्ठ नगरपालिका वडा नं ५ पतेनी गाउँकी देवकुमारी दाहाल खानेपानीको जोहो गर्न कुनै रात पुरा सुतिनन् । विहान ४ बजे नै उठेर पानी लिन लाइन नवसे त्यो दिन पानी पाउनै मुस्किल हुन्थ्यो । उनका बालबच्चाहरु खानेपानीकै समस्याकै कारण कहिल्यै पनि विद्यालयमा समयमै पुग्दैनथे । पहिलेका दिन सम्झिदै दाहालले भनिन्, ‘दिनको २ गाग्री पानीको जोहो गर्दा घरधन्दाबाहेक बाहिर केही काम गर्न पाइदैनथ्यो ।’
तर अहिले पतेनी गाउँको समस्या फेरिएको छ ।
सर्भिस फर पिस नामक गैर सरकारी सस्थाले पात्ले गाउँको घर घरमा खानेपानी सुविधा सहितको धारा बनाइदिएपछि स्थानीयहरुले ठुलै राहत महशुस गरेका छन् । ‘यो जुनीमै आगनमा पानी थापेर खाउला भन्ने त लागेकै थिएन ।’ दाहालले भनिन्, ‘खानेपानी सहज भएपछि दैनिकी नै पुरै बदलिएको छ, खानेपानीको जोहो गर्ने समय करेसाबारी र बाहिरफेर काम गर्न पाइएको छ ।
लामो समयसम्म खानेपानीको समस्या भोग्दै आइरहेका पतेनीबासीले राहतसको सास फेर्न पाएका छन् । पहिले २ देखी ३ घण्टा लगाएर एक गाग्री पानीको जोहो गर्नुपर्ने पात्लेबासीहरुको घर घरमा खानेपानीको धारा पुगेको छ ।
गाउँभन्दा तल रहेको खानेपानीको मुलबाट खानेपानी लिफ्टिङ गरि घर घरमा वितरण गरिएको हो । कोइकाको साढे २९ लाख ६२ हजार, सर्भिस फर पिसको ७ लाख सात लाख वडा नं ५ को २ लाख रुपैया र स्थानीयबासीको ६ लाख ४० हजार ५ सय रुपैया बराबरको जनश्रमदान गरि कुल ४५ लाख ४३ हजार ५ सय ८२ रुपैयामा सिस्नेरीखोला चिसोधारा पतेनी खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।
६४ धुरधुरी रहेको पतेनी गाउँमा सवै घरमा धारा जोडिएको छ ।
खानेपानीको मुल भएको ठाउँ र गाउँमाथीको शिरमा २०÷२० हजार लिटर क्षमताको ट्याङिक बनाइ विद्युत मार्फत पानी लिफ्ट गरेर आयोजना संचालन गरिएको सर्भिस फर पिस नेपाल धादिङका कार्यक्रम संयोजक उपेश कुमार श्रेष्ठले जानकारी दिए । खानेपानीको सहज आपुर्तिले स्थानीयहरुलाइ मात्रै होइन गाउँमा रहेको पतेनी आधारभुत विद्यालयलाइ पनि धेरै सजिलो भएको छ । विद्यालयका प्रधानाध्यापक शिवहरी अधिकारीले भने, ‘बालबालिकाहरुको सरसफाइमा सजिलो भएको छर र खानेपानी सहज रुपमा खुवाउन सकिएको छ ।’ सस्थाले विद्यालयमा ४ वटा बालबालिकामैत्री धारा पनि बनाइदिएको छ ।
विहान र बेलुका १÷१ घण्टा पानी वितरण गर्ने गरिएको छ ।
खानेपानी आयोजना दिगो रुपमा संचालन गर्नको लागि गाउँलेहरुले खानेपानी उपभोक्ता समिति बनाइ मर्मत सम्भार कोष पनि बनाएका छन् । कोषको रकम कर्मचारीलाइ तलव र मर्मत सम्भारमा खर्च गरिने खानेपानी उपभोक्ता समितिका अध्यक्षले गोविन्द ढुङ्गानाले बताए । उनले भने, ‘अहिले थोरै क्षमताको मोटर जडान गरिएको र कोषमा पैसा जम्मा भएपछि मोटरको क्षमता विस्तार गरि २४ सै घण्टा खानेपानी वितरण गर्ने योजना रहेको छ ।’
घर घरमा पानीको सुविधा पुगेपछि घर पुननिर्माण पनि सहज भएको स्थानीय गोविन्द ढुङगानाले बताए । उनले भने, ‘पेटभरि तिर्खा मेट्ने पानीको जोहो गर्न पनि गाह्रो थियो, अनि कसरी घर बनाउने, अहिले पानी सहज भएपछि घर बनाउनेहरुलाइ पनि धेरै सजिलो भएको छ ।’ गाउँमा पुन निर्माण सकिएपछि खेर जाने पानीलाइ सिचाइमा प्रयोग गरिने तिलक ले बताए ।
कोइकाकै सहयोगमा सुनौलावजारको नवलपुर, कुसण्डे र खरीमा पनि खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् ।
२०७५ जेठ २७ गते प्रकाशित