
सृजना लम्साल /२७ जेठ, धादिङ –
फिफा विश्वकप २०१८ आउन केहि दिन मात्र बाँकी रहदा शहरबजारदेखि गाउँवस्ती सम्म विश्वकप फुटबलको रौनक देखिन थालेको छ ।
स्कुल कलेजका अध्ययनरत विद्यार्थीहरु देखी कर्मचरी शिक्षक पाका उमेरका मानिसहरुलाई समेत विश्वकपले छोएको छ ।
विश्वकपमा प्रतिष्पर्दी मुलुक र तिनीहरुले लाउने जर्सीको पनि व्यापार वढेको छ । जेठ ३१ गतेवाट रुसको राजधानी मस्कोमा हुने विश्वकप नजिकीदै गर्दा नेपालमा पनि त्यसको प्रभाव वढ्दै गएको छ । सडकमा हिड्दा होस् या सामाजिक संजालको भित्ताभरी विश्वकपको उत्साह देखीएको छ ।
धादिङमा पनि विभिन्न देशका जर्सीले रङ्गिएका मानिसहरु जर्सीको व्यपार वढेको देखिन्छ । फुटवल या अन्य खेलप्रेमीहरु विभिन्न देशको सपोर्टमा रहि जर्सी पसलमा त्यहि देशको जर्सी किन्नको लागि लाम लागेका छन् ।
अन्य समयमा भन्दा विश्वकपको समयमा जर्सीको व्यापार वढेको व्यापारीहरु वताउछन् । २१ औ संस्करणको विश्वकपमा सहभागि हुन ३२ राष्ट्रमध्ये आफुले समर्थन गर्ने राष्ट्र र तिनले लगाउने जर्सी लगाएर हिड्ने तिनहरुले जितको दावेदार मुलुकको झल्को दिईरहेको पनि देखिएको छ । अहिले वजारमा विश्कपमा सहभागि देशहरु व्राजिल, अर्जेन्टिना , स्पेन , जर्मनी ,पर्जुगल लगाएतका मुलुकको जर्सीको माग अत्याधिक रहेको व्यवसायीको भनाई छ ।
एउटा जर्सीको मुल्य ७ सय देखी ९०० सम्म पर्ने गरेको व्यवसायीहरु वताउछन् । जर्सीसंगै फुटवलका विभिन्न सामाग्रीहरु किन्न आउनेहरु पनि वढिरहेका छन् । सामाजिक संजाल मार्फत पनि जर्सीको फोटो खिचेर राख्नेहरुको धुईरो चलेको छ । विभिन्न देशको समर्थनमा स्ट्याटस राख्ने र विरोध र समर्थनमा कमेन्ट गर्नेहरु पनि उत्तिकै वढेका छन् । निलकण्ठ ३ एडभान्स एकेडेमीका प्रिन्सिफ गोविन्द वुढाथोकीले अर्जेन्टिनाको जर्सी लगाउने मन ईच्छा पुरा गरिदिने नागजि फेन्सीलाई धन्यवाद दिदै सामाजिक संजाल मार्फत जर्सीको फोटो राखेका छन् ।
यसैगरी अर्का खेलप्रेमी रामचन्द्र गिरीले धादिङवेशी सिरानवजारमा रहेको स्वीमिङ पुल सहित बनिरहेको धादिङ क्रिक रिसोर्टमा विश्वकपमा व्राजिल समर्थकहरुका लागि भेटघाट कार्यक्रम तथा मनोरञ्जन आदानप्रदान कार्यक्रम समेत राखेका छन् । वजारलाई विश्वकपले तताएको छ । अर्की खेलप्रेमी तोलाकुमारी पाठक खेलमा आमा छोराको नै प्रतिष्पर्दा वनेको फेसवुक मार्फत वताउछिन् ।आफु अर्जेन्टिनाको समर्थक भएको र छोरा ब्राजिलको समर्थक रहेर चुनौति दिएको भन्दै व्यङ्ग्य समेत गरेकी छन् । विभिन्न देशहरुको समर्थकमा खुसि देखीएनी जित कसको हातमा पर्ने भन्ने हेर्न वाँकी नै छ ।
२०७५ जेठ २७ गते प्रकाशित