
२५ जेठ, काठमाडौं –
कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ ।
कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो ।
कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझै छ ।
नेपालको कुल क्षेत्रफल १४ करोड ७१ लाख ८१ हजार हेक्टर क्षेत्रफलमध्ये गत बर्ष ३० लाख ९१ हजार हेक्टरमा खेती गरिएको छ । कारोबारमा खबर छ ।
२०७५ जेठ २५ गते प्रकाशित