२४ जेठ, काठमाडौं –
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताएका छन् ।
२०७५ जेठ २४ गते प्रकाशित