Sun. Mar 16th, 2025

ग्वाटेमालमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

२२ जेठ, ग्वाटेमाला सिटी –

ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ ।

उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए। मध्य अमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको जानकारी दिएको छ।

ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ।

उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएका कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेको बताएका छन्।
त्यसमा परी अरु करिब ४६ व्यक्ति घाइते भएका र ती मध्ये प्रायःको अवस्था चिन्ताजनक भएको बताइएको छ।

आइतबार राति भएको यो प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ। ती मध्ये ३ हजार २७१ व्यक्तिलाई १ हजार ७८७ शरणार्थी स्थलमा सारिएको बताइएको छ।

सुरुमा यस प्रकोपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ भएको बताइएको थियो। पछि सो सङ्ख्या बढेर ६५ पुग्यो अझै पनि व्यक्ति हराइरहेका र घाइते मध्ये पनि कैयौको अवस्था चिन्ताजनक भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

२०७५ जेठ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: