Mon. Mar 10th, 2025

विश्वकप २०१८ का लागि जर्मनीको अन्तिम टोली घोषणा

२२ जेठ, धादिङ –

विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । जर्मनीले तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको थियो ।

टोलीमा चार खेलाडी हटाइएको छ । २३ सदस्यीय अन्तिम टोलीमा लिरोय साने, बेर्न्ड लिना, जोनथन टाह र निल्स पिटरसनलाई हटाइएको छ ।

गोलरक्षक म्यानुएल नुयर टिममा परेका छन् । उनी घाइते भएपछि ९ महिनासम्म मैदान बाहिर थिए । तर, शनिबार राति अस्ट्रियासँग भएको मैत्रीपूर्ण खेलबाट नुयर मैदानमा फर्किएका थिए । उक्त खेलमा जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको थियो ।

जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । उ सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् ।

रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब नौ दिन बाँकी छ ।

२०७५ जेठ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: